परिवार, आफन्त, छरछिमेकसंग समय बिताउने

  • मान्छेलाई समस्या पर्दा धेरैजसो उनीहरू आफूलाई असहाय महसुस गरेर आफ्नो कुरा आफ्नै मनभित्र राख्ने गर्दछन् जुन् व्यवहार धेरैजसो समस्या समाधान गर्नको लागि सहयोगी हुँदैन ।
  • यस्तो बेलामा मान्छेहरू एक्लै बस्ने, अरुसँगको सम्बन्धबाट टाढिने लगायत दैनिक रूपमा गर्दै आएका नियमित क्रियाकलापहरूप्रति पनि बेवास्ता गर्ने गर्दछन् जसलाई परिवर्तन गर्नु जरुरी हुन्छ ।
  • त्यसैले, आफूलार्ई वा अरुलाई समस्या पर्दा परिवारका सदस्य, साथीभाइ र छरछिमेकमा रहेका व्यक्तिहरूले एकअर्काको साथ नछाड्ने र एक अर्कामा ढाडस दिने र सहयोग गर्ने गरेमा मानिसमा समस्यासँग सामना गर्ने आत्मबल मिल्दछ ।
  • त्यस्तै, छरछिमेक र समुदायमा आयोजना भइरहने सामूहिक समारोह, भलाकुसारी, नाचगान, खेलकुद जस्ता कार्यक्रमहरूमा संलग्न हुँदा एक त अरुको सहयोग मिल्न सक्छ भने अर्को मन मिल्ने व्यक्तिसँग कुराकानी हुँदा र उनीहरूबाट आड भरोसा पाउँदा समस्या समाधान गर्नको लागि आत्मविश्वास बढ्न सक्छ ।
  • यस्तो बेला परिवार वा समुदायमा नियमित रूपमा गर्दै आएका कामहरू जस्तै साँझबिहान सँगसँगै खाजा खाने, खाना खाने, एकअर्कालाई घरको काममा मद्दत गर्ने र घरपरिवार तथा छिमेकमा आयोजना भइरहने आफुलाइ मनपरेको पूजा र अन्य समारोहहरूमा संलग्न हुंदा फाइदा पुग्न सक्छ ।
  • थप जानकारीकोलागि, कृपया, टि.पी.ओ. नेपाल, बालुवाटार, काठमाण्डौंमा सम्पर्क गर्नुहोला ।