मनोसामाजिक समस्याका कारण देखापर्ने सम्बन्धसँग सम्बन्धित लक्षणहरू तथा सामनाका उपायहरू

  • व्यक्ति मनोसामाजिक समस्यामा पर्दा उसमा अरुसँगको सम्बन्धबाट टाढिने, आक्रामक हुने, परिवारमा बेमेल हुने, अरुसँगको सम्बन्धमा अविश्वास हुने तथा सञ्चारमा अवरोध हुने जस्ता लक्षणहरू देखा पर्न सक्छन् ।
  • यस्ता लक्षणहरू देखापरेमा व्यक्ति आफैले निम्न उपायहरू अपनाउदा फाइदा पुग्न सक्छ । जस्तै पारिवारिक जमघट, समारोह आदिमा सामेल हुने, साथीभाइ, आफन्तसँग भेटघाट गर्ने, अन्तरवैयक्तिक सञ्चारका सिपहरू सिकेर त्यसलाई व्यवहारमा लागु गर्ने आदि ।
  • यी उपायहरू अपनाउनको लागि कृपया यसै वेभसाइटमा रहेका विभिन्न श्रव्यदृश्य सामग्रीहरू पनि हेर्नु होला ।
  • यदि यी उपायहरू अपनाउँदा पनि केही समय पश्चात् आफूमा कुनै सुधार आउँदैन र दैनिक जीवनयापन गर्न झन्झन् गाह्रो हुँदै जान्छ भने मनोसामाजिक स्याहारकर्ता, मनोविमर्शकर्ता, मनोविज्ञ वा मनोचिकित्सक जस्ता विशेषज्ञहरूको सहयोग लिनु आवश्यक हुन सक्छ जसको लागि टि.पि.ओ. नेपाल, बालुवाटार, काठमाडौँमा सम्पर्क गर्नु होला ।
Helpful Resources:
File / URLDescriptionFile sizeCreated
Access this URL (https://www.youtube.com/embed/fxRWffIndpE?rel=0&showinfo=0)Video on Relationships Psychosocial Symptoms and Effectsmp4 file0 kB2015-12-14
Access this URL (https://www.youtube.com/embed/zmZKJ1dIKeU?rel=0&showinfo=0)Video on How to make positive changesmp4 file0 kB2015-12-14
Download this file (communication skills for interpersonal relationship.pdf)Communication Skills for Intepersonal Relationshippdf file205 kB2018-04-24
Download this file (engage with family rituals and ceremonies.pdf)Engage with Family Rituals and Ceremoniespdf file193 kB2018-04-24
Download this file (relationship related symptoms and coping video script.pdf)Script for Relationship related Symptoms and Coping videopdf file193 kB2018-04-24