मनोसामाजिक समस्याका कारण देखापर्ने व्यवहारसँग सम्बन्धित लक्षणहरू तथा सामनाका उपायहरू

  • व्यक्ति मनोसामाजिक समस्यामा पर्दाखेरि उसमा एक्लै बस्ने, काम गर्न जाँगर नहुने, निदाउन गाह्रो हुने वा धेरै सुत्ने, रोइरहने वा रुञ्चे हुने, बढी सतर्कता अपनाउने, अधिक शंकालु हुने, रक्सी तथा लागुपदार्थको प्रयोग गर्ने जस्ता लक्षणहरू देखा पर्न सक्छन् ।
  • यस्ता लक्षणहरू देखापरेमा व्यक्ति आफैले निम्न उपायहरू अपनाउँदा फाइदा पुग्न सक्छ । जस्तै पारिवारिक जमघट, समारोह आदिमा सामेल हुने, साथीभाइ, आफन्तसँग भेटघाट गर्ने, दैनिक रूपमा सक्रिय रहनको लागि योजनाबद्ध रूपमा आफ्ना गतिविधिहरूको सूची तयार पार्ने र त्यसलाई कार्यान्वयन गर्ने, नियमित रूपमा एकै समयमा सुत्ने र उठ्ने, आरामदायी अभ्यासहरू गर्ने, आफ्ना शंकाहरू सही छन् वा छैनन् तिनको सत्यताको खोजी गर्ने, विश्वासयोग्य व्यक्तिसँग आफ्ना मनका कुरा पोख्ने, र लागुपदार्थ सेवनका फाइदा बेफाइदा केलाउने आदि ।
  • यी उपायहरू अपनाउनको लागि कृपया यसै वेभसाइटमा रहेका विभिन्न श्रव्यदृश्य सामग्रीहरू पनि हेर्नु होला ।
  • यदि यी उपायहरू अपनाउँदा पनि केही समय पश्चात् आफूमा कुनै सुधार आउँदैन र दैनिक जीवनयापन गर्न झन्झन् गाह्रो हुँदै जान्छ भने मनोसामाजिक स्याहारकर्ता, मनोविमर्शकर्ता, मनोविज्ञ वा मनोचिकित्सक जस्ता विशेषज्ञहरूको सहयोग लिनु आवश्यक हुन सक्छ जसको लागि टि.पि.ओ. नेपाल, बालुवाटार, काठमाडौंमा सम्पर्क गर्नु होला ।
Helpful Resources:
File / URLDescriptionFile sizeCreated
Access this URL (https://www.youtube.com/embed/Gdye1VDYNnY?rel=0&showinfo=0)Video on Coping with Sleep Disturbancesmp4 file0 kB2015-12-14
Access this URL (https://www.youtube.com/embed/sQOWa_i-xNg?rel=0&showinfo=0)Video on Behavior Psychosocial Symptomsmp4 file0 kB2015-12-14
Access this URL (https://www.youtube.com/embed/8mkLrt4exjE?rel=0&showinfo=0)Video on How to make positive changesmp4 file0 kB2015-12-14
Download this file (Video script (Coping with Sleep Disturbances).pdf)Script for Coping with Sleep Disturbances Videopdf file342 kB2015-12-14
Download this file (audio script (Mindfulness Activity- Body Scan).pdf)Script for Mindfulness Activity Audiopdf file260 kB2018-04-24
Download this file (dealing with drinking and other type of addictions.pdf)Dealing with drinking and other types of addictionspdf file156 kB2018-04-24
Download this file (coping with suspicious behavior.pdf)Coping with suspicious behavior pdf file263 kB2018-04-24
Download this file (engage with family rituals and ceremonies.pdf)Engage with Family Rituals and Ceremoniespdf file193 kB2018-04-24
Download this file (behavior related symptoms and coping video script.pdf)Script for behavior related symptoms and coping videopdf file196 kB2018-04-24
Download this file (Mindfulness Excercise.mp3)Audio on Mindfulness Excercisemp3 file5536 kB2018-04-24
Download this file (Tips for Self Care.pdf)Tips for Problem Solvingpdf file202 kB2018-04-24