लेख, रचना
उदासीनता
मानवीय जीवनमा समय समयमा दिक्क लाग्नु स्वभाविक प्रकृया हो यो जुन सुकै व्यत्तिहरुलाई पनि हुन सक्दछ जिवनमा कुनै नकारात्मक घटनाहरु घट्दा दिक्क लाग्नु वा उदास हुनु उदासीपन होईन , यो त केवल एउटा मानवीय प्रतिकृया हो तर हप्तौहप्तासम्म पनि बिना कारण दिक्क वा उदास लागिरहने , शरिरमा शक्ति नभएको अनुभूति हुने , निराशावादी सोचहरु आईरहने , अरु व्यक्तिहरु आफू प्रति असहयोगी भएको विचारहरु आउनु , आफूले आफूलाई अवमूल्यन गर्नु , निन्द्रामा समस्या आउनु आदि समस्याहरु छन भने व्यक्तिलाई उदासीनता भएको हुन सक्दछ ।
बिश्व स्वास्थ्य संगठनले उदासीनताले पार्ने बोझ अन्य कुनै शारिरीक रोगले पार्ने बोझ भन्दा पनि बढी हुने अनुमान गरेको छ यदी यही रुपमा समस्या बढ्दै गएमा बिश्वमानै उदासिनता समग्र समस्याहरु मध्ये अग्र पंत्तिमा रहनेछ बिश्व स्वास्थ्य संगठनका तथ्यांक हेर्दा मानसिक समस्याभएका मध्ये लगभग ७५ प्रतिशत व्यक्तिहरु अझै पनि उपचारवाट वन्चित रहेका छन् जस मध्ये साढे ९ करोड उदासिनताका विरामी रहेको तथ्यांक छ ।
उदासिनताको समस्या भएका व्यक्तिहरुले आफुमा समस्या भएपनि आफ्नो काम नियमित गर्न सक्छन् तर उनीहरुको कामगर्ने तरिका उत्पादनशिल हुदैन् त्यसले आफुमा दिक्क लागिरहने , सधै नरमाइलो लागि रहने , एक्लै बस्न मन लागि रहने , दुखीभइरहने अनुभवभएमा तुरुन्तै नजिकको स्वास्थ्यकर्मी , मनोविबर्शकर्ता , सामुदायीक मनोसामाजिक कार्यकर्ताहरुको सहयोग लिनु जरुरी छ यदि उदासीपनको मात्रा बढी छ भने केही समयको औषधी र नियमति मनोबिमर्श सेवाले यस्ता सोचाई , भावनालाई सकारात्मक वनाउन सहयोग गर्छ ।
उदासिनताको समस्या पनि व्यक्तिको अवस्था अनुसार फरक फरक हुन्छ व्यक्तिको उमेर अवस्थाले पनि समस्यासंग जुध्ने , लड्ने क्षमता र समस्यालाई बुझन्े तरिका भिन्न हुन्छ समुदायका व्यक्तिहरुको बुझाई , सोचाई र व्यवहार पनि सोही अनुरुप विकसित भईरहेको हुन्छ समुदायका व्यक्तिहरुले मनोसामाजिक समस्या वा मानसिक समस्या भएका व्यक्ति र उनीहरुको आफन्तलाई गर्ने व्यवहार पनि फरक फरक हुन्छ । समाजको नकारात्मक व्यवहारले व्यक्ति र उसको आफन्तलाई झनै कठिन वनाईरहेको हुन्छ त्यसकारण उनीहरु आफ्नो समस्याहरु भन्नको लागि सहज नभएर कठिन भईरहेको हुन्छ । समुदायमा समस्या प्रति नकरात्मक बुझाई रहेको छ । मानसिक समस्याको उपचार वा व्यवस्थापन सम्भव छैन् , यस्ता समस्या पुर्व जन्मको पापले गर्दा आएको परिणाम हो उनीहरुलाई उपचार वा व्यवस्थापनमा लगाएको खर्च व्यर्थ छ भन्ने व्यवहारले व्यक्ति र उसको आफन्तलाई हतोत्साहित वनाउँछ ।
उदासीनताले व्यत्तिहरुमा विभिन्न प्रकारका नकारात्मक असरहरु पारिरहेको हुन्छ जस्तै उपचार वा व्यवस्थापनमा लाग्ने खर्च , उत्पादनशीलतामा कमी जसका कारणले आर्थिक हानी वा नोक्सानी , काममा क्रियासिल हुन नसक्नु यदि भैहाले पनि पूर्णरुपमा क्षमता प्रर्दशन गर्न नसक्नु , उदासीनताको कारणले गर्दा अकालमा मृत्यु हुनु , आफ्नू स्वहेरचार गर्न नसक्दा पौष्टिक तत्व कम भई क्रमिक रुपमा कमजोरी हुनु साथै अन्य सम्क्रमण हुनु आदि ।
उदासीनताका कारणहरू
कुनै कुनै अवस्थामा उदासीनताको कारण पत्ता लगाउन गाह्रो पर्दछ । केही कारणहरु निम्न अनुसार हुन्छनः
- दिमागमा रसायनिक तत्वको गडबडी हुनु
- बंशाणुगत कारण
- जागिर गुमाउनु ; प्रियजनको मृत्यु हुनु
- कार्यमा असफलता , जस्तैः परीक्षामा फेल हुनु
उदासीनताका लक्षणहरू
- आत्मग्लानि हुने , नैराश्यताको भावना हुने
- पहिले खुसी हुने क्रियाकलापमा अहिले खुसी हुन वा रमाउन नसक्ने
- परिवार तथा साथीभाइसँग आत्मीयताको महसुस नगर्ने
- उदासीनता भएको व्यक्तिले आफुले आफैलाई हानि पु ¥ याउने वा कहिलेकाही आत्महत्याको प्रयास गर्ने
उदासीनताका उपचार र व्यवस्थापनका उपायहरु M
क ) औषधी M औषधीले मस्तिष्कमा भएको रसायनिक पदार्थलाई नियन्त्रणमा राख्न मद्दत गर्दछ ।
समुदायका व्यक्तिहरुले उदासिनता भएका व्यक्तिहरुलाई कसरी सहयोग गर्नेे
- ध्यान दिएर कुरा , अनुभवहरु सुनिदिने
- स – साना काममा जिम्मेवारी दिने
- क f ममा कमिकम्जोरी भएमा दोषारोपण नगर्ने ।
- व्यक्तिको व्यक्तित्वमा आच आउने गरी शव्द , भनाईहरु प्रयोग नगर्ने र सकारात्मक रुपमा व्यवहार गर्न प्रोत्साहन गर्ने ।
- समस्या पहिचान भएपछि उपचारको लागि नजिकको तालिम प्राप्त व्यक्तिकोमा पठाउने ।
- औषधी उपचारको लागि सहयोग गर्ने ।
उदासिनताको समस्या भएका व्यक्ति आफैले गर्न सक्ने केहि उपायहरु ः
- आफुलाई के भईरहेको छ भन्ने वारेमा ध्यान दिने
- मन मिल्ने साथीसंग मनको कुराहरु भन्ने
- आफुमा भएका सकारात्मक कुराहरुलाई ध्यान गर्ने
- सकेसम्म एक्लै नवस्ने
- खानपान , सरसफाईमा ध्यान दिने
- आफ्नो इच्छा अनुसारको काममा ध्यान दिने
- आफ्नो विश्वास अनुसार ध्यान , पुजापाठ गर्ने ।
यदी यस्ता उपायहरु अबलम्वन गर्दा पनि समस्यामा कमि नभएमा मनोसामाजिक तथा मानसिक स्वास्थ्यका क्षेत्रमा तालिम प्राप्त व्यक्तिहरुसँग सम्र्पक गर्ने ।
तनाव तथा यसको शारिरीक प्रभाव
यदि मानिस जीवनमा जीउनु वा वाँच्नु छ भने उसले जीवनमा कुनै न कुनै बेला तनावको सामना गर्नु पर्दछ । साधरणतया तनाव भन्नाले मानसिक पक्षसँग सम्बन्धित रहने गरेको पाईन्छ । धेरै मानिसहरुको बुझाईमा तनाव भन्नाले नकारात्मकतासँग मात्र सम्बन्धित रहेको पाईन्छ । तनाव भन्नाले यस्तो अवस्था वा दवाव हो जसले व्यक्तिलाई कुनै किसिमका सकारात्मकता वा नकारात्मकता तर्फ उन्मुख वा अग्रसर गराउदछ, जुन भावना, सोच, बिचार वा व्यवहार कुनैपनि हुन सक्दछ ।
तनाव शब्द आफैमा सकारात्मक वा नकारात्मक होईन् । यो आफैमा तटस्त शब्द हो । तनावको सकारात्मक शब्द अंग्रेजी भाषाको Eustress हुन्छ, यसले व्यक्तिलाई सकारात्मकता तर्फ उन्मुख वा अग्रसर गराउदछ भने व्यक्ति उत्पादनशील, उर्जावान सकारात्मक भावना, सोच, बिचार वा व्यवहार देखाउन सक्षम हुन्छ तर यसको विपरित व्यक्तिमा नकारात्मक तनावहरु उत्पन्न भएको अवस्थामा, जसलाई अंग्रेजी भाषामा Distress पनि भनिन्छ, व्यक्तिमा विभिन्न किसिमका शारिरीक, भावनात्मक, व्यवहारिक संगसंगै अन्तरसम्बन्धमा समेत नकारात्मक प्रभावहरु देखिन्छन ।
(क) अल्पकालिन शारिरीक समस्या ः तनावले गर्दा व्यक्तिहरुमा प्रायजसो अल्पकालीन समस्याहरु देखापर्दछन । अल्पकालीन समस्याहरु तुरुन्तै अनुभव गर्न वा व्यक्त ह“ुनेह“दा व्यक्तिहरुले यसलाई महसुस वा अनुभव गर्न सक्दछन र यसको प्रभाव वा असर तुरुन्तै देखिन्छन । तनावले गर्दा व्यक्तिहरुमा अल्पकालीन रुपमा देखिनसक्ने प्रमुख शारिरीक समस्याहरु निम्नानुसार रहेका छन्ः
टाउको दुख्ने, मंfशापेसि तन्किएको वा खुम्चिएको अनुभूती हुने, छाति भारी भएको वा दुखेको अनुभूती हुने, जिउ लल्याक्क लुलुक्क भएको अनुभव गर्नु वा थाकेको अनुभव गर्नु, यौन ईच्छामा अस्वभाविक परिवर्तन आउनु, बारम्बार पेटको समस्या भैरहनु, निन्द्रामा समस्या आउनु, मुटुको ढुकढुकि बढेको अनुभव गर्नु, निसास्सिएको अनुभूती गर्नु, महिनावारी गडबडी हुने, बा“झोपन cflb
(ख) दिर्धकालीन शारिरीक समस्या ः तनावका कारणले मानिसहरुमा अल्पकालीन मात्र नभई विभिन्न किसिमका दीर्धकालीन शारिरीक समस्याहरु पनि देखिन सक्दछन । तनावले गर्दा व्यक्तिहरुमा दीर्धकालीन रुपमा देखिनसक्ने प्रमुख शारिरीक समस्याहरु निम्नानुसार रहेका छन्ः
स्नायु र बिभिन्न रसायनिक प्रणालीमा नकारात्मक असर ः मानवीय जिवनमा स्नायु प्रणलीले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । स्नायु प्रणली बिना मानवीय जिवन सम्भव हुदैन । यो मानिसको जुध्ने र भाग्ने (Fight and Flight ) कृयाकलापहरुसंग पनि सम्बन्धित रहेको हुन्छ । हाम्रो स्नायु प्रणालीले शरिरका विभिन्न अ¨हरुलाई सन्देस प्रवाह गर्दछ, यसका साथै शरिरका विभिन्न अ¨हरुलाई संचार प्रवाह गरी आदेश दिन्छ, यसरी आदेश पाएपछि बिभिन्न ग्रन्थीहरुले रसायन उत्पादन गर्दछन् । तनावका कारणले गर्दा यी सबै प्रकृयाहरु अनियमित हुन्छन । यो अनियमितताले व्यक्तिहरुलाई स्नायु र बिभिन्न रसायनिक प्रणालीमा नकारात्मक असर पुर्याउदछ ।
स्वास प्रस्वास प्रकृया र मुटु सम्बन्धि रोगहरु ः तनावका कारणले व्यक्तिहरुलाई विभिन्न प्रकारका स्वास प्रस्वास सम्बन्धि समस्या वा रोगहरु देखा पर्न सक्दछन । तनावको समयमा व्यक्तिहरुको स्वास प्रस्वास प्रकृया छिटोछिटो हुन्छ, यसले शरिरको रक्तसंचार प्रवाह पनि छिटो छिटो गराउदछ । यदि व्यक्तिहरुमा पहिल्यै स्वास प्रस्वास सम्बन्धि समस्याहरु वा दम अथवा फोक्सोमा हावा भरिएर निसास्सिने समस्या वा रोगहरु देखापर्न सक्दछन् ।
पाचन प्रकृया गडबडि ः तनावको समयमो कलेजोले रगतमा अतिरिक्त चिनी उत्पादन हुन्छ जसले शरिरमा अतिरिक्त बल वा शक्ति उत्पादन गर्दछ । रगतमा उत्पादन भएका चिनी जुन प्रयोगमा आएका हुंदैनन ती चिनीहरुलाई शरिरले सोस्ने कामगर्दछ, अत्याधिक वा दीर्ध तनावको समयमा हाम्रो शरिरले उत्पादन भएका चिनी सोस्ने क्षमतामा ह्रास आउछ । यसले व्यक्तिहरुमा मधुमेह वा चिनी रोगको जोखिम बढाउदछ । तनाव आफैले कहिल्यै अम्लियता बढाउदैन, न त यो स्यंम आफैले आन्द्रामा घाउहरु गराउदछ तर यसले पहिल्यै भएका अम्लियता र आन्द्रामा घाउहरुलाई बढाउने कार्य गर्दछ । पाचन प्रकृयाको गडबडिका कारणले व्यक्तिहरुलाई वाकवाकि लाग्ने, बान्ता हुने, पेट दुख्ने हुनाका साथै खाएका कुराहरु राम्रोसंग नपच्ने, पखाला लाग्ने र कब्जियतको समेत समस्या हुनसक्दछ ।
मांशपेसि प्रणलीमा नकारात्मक असर ः साधारणतया मांशपेसिले हाम्रो शरिरलाई घाउ र चोटपटकबाट सुरक्षा प्रदान गर्दछ । तनावको समयमा हाम्रो मांशपेसि तन्किने वा खुम्चने गर्दछन । यदि व्यक्तिहरु निरन्तर वा वारम्वार तनावमा हुन्छन भने उनीहरुको मांशपेसि निरन्तर तन्किन्छ वा खुम्चिन्छ र आरामको अनुभव गर्न सक्दैन । यसरी मांशपेसि निरन्तर तन्किरहदा वा खुम्चिरहदा व्यक्तिहरुमा विभिन्न समस्याहरु देखापर्दछन् जस्तै टाउको दुख्ने, ढाड दुख्ने, पाखुरा दुख्ने तथा समग्रमा सम्पूर्ण अङ्गहरु दुख्ने समेत अनुभव गर्न सक्दछन ।
यौन तथा उत्पादनशील क्षमतामा ह्रास ः तनावले व्यक्तिहरुलाई शारिरीक र बौद्धिक रुपमा थकित अवस्थामा पुर्याउदछ । तनावको समयमा यौनईच्छामा अरुचीहुनु कुनै अनौठो कुरा होईन । अल्पकालिन तनावको समयमा पुरुषहरुमा यौन चाहनालाई वृद्धि गराउने रसायनको उत्पादन हुन्छ जसले पुरुषहरुको छोटो समयको लागि यौन चाहना वा ईच्छा वृद्धृ गराउदछ भने महिलाहरुमा महिनावारी गडबडी गराउदछ । यसैगरी तनावकै कारणले गर्दा महिनावारीको समयमा महिलाहरुमा अत्याधिक पिडा हुने अवस्थाहरु हुन सक्दछ । तनावकै कारणले गर्दा उनीहरुमा महिनावारी सर्ने वा रोकिने जस्ता समस्याहरु समेत देखापर्न सक्दछन । यदी पुरुषहरुमा दीर्घकालसम्म तनाव रहिरहेमा यौन चाहनालाई वृद्धि गराउने रसायनको उत्पादन क्रमिक रुपमा कमि हन्छ, यसले व्यत्तिको शुक्रकिट उत्पादन गर्ने क्षमतालाई घटाउदछ, सिघ्र पतनको समस्या निम्त्याउदछ, पुरुषहरुमा यौन दुर्बलता हुन सक्दछ । महिलाहरुमा मुत्राशयमा वा मुत्र नलीमा समस्या देखा पर्ने, प्रोष्टेट ग्रन्थीको समस्याका साथै विभिन्न किसिमका संक्रमणहरु देखा पर्दछन ।
प्रतिरोधात्मक क्षमतामा ह्रास ः तनावले शरिरको प्रतिरोधात्मक क्षमतालाई अल्पकालको लागि सक्रिय बनाउदछ वा उत्तेजित गराउदछ जुन छोटो अवधिको निम्ति फाईदाजनक देखिन सक्दछ तर दीर्घकालीन समयमा यसले व्यक्तिहरुलाई नकारात्मक असर पुर्याउन सक्दछ । दीर्घकालीन तनावले रोगहरुसंग लडने र रोगहरुबाट सुधार हुने क्षमतामा कमि ल्याउदछ ।
तनावसँग जुध्ने सकारात्मक तरिकाहरु ः
(१) अनावश्यक तनावका तत्वहरुलाई सधैको लागि त्यागौं
यस अGt{गत विभिन्न कलाहरु पर्दछन, यस्ता कलाहरुलाई व्यक्तिले विकसित गरे प्रभावकारी ढंगबाट तनावसंग जुध्न मद्त पुग्दछ ।
(क) नर्कान वा नाईनास्ति गर्न सिक्ने ।
(ख) त्यस्ता व्यक्तिहरुलाई वेवास्ता गर्ने वा नकार्ने गर्नुहोस जसले तपाईलाई तनाव दिन्छ ।
(ग) सकेसम्म आŠनो वरपरको वातावरणलाई नियन्त्रित गर्ने प्रयत्न गर्नुहोस् ।
(घ) आफूले गर्नु पर्ने कार्यहरुको सूची तयार पार्नुहोस् ।
(२) अवस्थालाई परिवर्तन गर्ने वा वदल्ने प्रयत्न गर्नुहोस्M जिवनमा कुनै न कुनै अवस्थामा व्यक्तिले तनाव झेल्नु पर्ने हुन्छ, प्रत्येक पटक तनावलाई वेवास्था गर्न कठिन हुन्छ त्यसैले व्यक्तिले अवस्थालाई परिवर्तन गर्ने वा वदल्ने प्रयत्न गर्नु पर्दछ । यस अन्र्तगत व्यक्तिले निम्नलिखित कुराहरु गर्न सक्दछन्
(क) भावनाहरुलाई गुम्स्याएर राख्नुको सट्टा उर्पयुक्त ढंगले अभिव्यक्त गर्नु पर्दछ ।
(ख) सधै व्यक्तिले भनेका वा चाहेका कुराहरु पुग्दैनन, त्यसैले व्यक्ति परिस्थीति अनुसार सम्झौता गर्न तयार रहनु पर्दछ ।
(ग) सकेसम्म सन्तुलित दैनीक सूची तयार गर्नुहोस् ।
(३) तनावसँग समायोजित हुनुहोस्
जिवनमा सधै तनावका तत्वहरुलाई सधैको लागि त्याग्न, अवस्थालाई परिवर्तन गर्न वा वदल्न सम्भव नहुन सक्दछ, यदि सम्भव नभएमा व्यक्तिहरुलाई अझ कठिन वा गाह्रो अवस्था सृजना हुनसक्दछ, त्यसैले कुनै कुनै तनावहरुसँग व्यक्ति समायोजित हुनु पर्दछ, तनावहरुसँग समायोजित हुन निम्नलिखित कुराहरु गर्न सकिन्छ ः
समस्याहरुको पूर्नखाका (Reframe) गर्नुहोस्, समस्याहरुलाई वृहद रुपबाट मूल्याङ्कन गर्नुहोस्, आŠनो स्तर, श्रेणी अनुकूल जिवनलाई समायोजन गर्नुहोस्, प्रत्येक सकारात्मक र राम्रा कुराहरुलाई धन्यवाद दिन तथा कृतज्ञता दिन वारम्वार अभ्यास गर्नुहोस्,
(४) परिवर्तन गर्न नसकिने कुराहरुलाई आत्मसाथ गर्दै जानुहोस्
अपरिवर्तनिय तत्वहरुलाई परिवर्तन गर्ने कोसिस भुलेर पनि नगर्नु होस्, प्रत्येक समस्याहरुलाई समस्या भन्दा पनि मौकाको रुपबाट ग्रहण गर्नुहोस्, क्षमायाचना दिन सिक्नुहोस, समस्याहरुलाई साथीभाई माझ राख्नुहोस वा बाँड्नु होस् । यसले तपाँईलाई समस्याको समाधान खोज्न सहयोग पुर्याउदछ ।