यस वेबसाइटको बारेमा

यो वेबसाइट यु.एस.एडद एसिया फाउन्डेसनको सहयोगमा बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल अर्थात टि.पि.ओ. नेपालद्वारा तयार पारिएको हो । यसलाई तयार पार्दा टि.पी.ओ. नेपालले विभिन्न समयमा प्रकाशित गरेको तालिम निर्देशिका र अध्ययन सामग्रीहरूलाई आधार मानिएको छ ।

यो वेबसाइट तयार पारिनुको प्रमुख उद्देश्य नेपालमा मनोसामाजिक सहयोगका लागि आधिकारिक रुपमा भर पर्न सकिने एउटा साझा मञ्चका रुपमा यसलाई विकास गर्दै लैजानु हो । यसमा भएका सामग्रीहरू निःशुल्क रूपमा आवश्यकता परेका व्यक्तिहरूले प्रयोग गर्न सक्नु हुनेछ र एक अर्कामा जुनसुकै रूपमा पनि आदानप्रदान गर्न सक्नु हुनेछ ।

सामान्य अवस्थामा, यहाँ उल्लेख गरिएका सुझाव तथा विधिहरू आफैले प्रयोग गर्न मिल्ने गरी विकसित गरिएका छन् । यस्ता विधिहरू प्रयोग गर्दागर्दै पनि दैनिक जीवनयापनमा सहजता आउंदैन भने मनोविमर्शकर्ता, मनोविज्ञ वा मनोचिकित्सक जस्ता विशेषज्ञहरूसँग सम्पर्क राख्नु आवश्यक हुन्छ । थप जानकारीको लागि, कृपया, टि.पी.ओ. नेपाल, बालुवाटार, काठमाण्डौंमा सम्पर्क गर्नुहोला ।

यस वेभसाइटमा भएका सामाग्रीहरुलाई बिशेषज्ञहरुबाट पिअर रिभ्यु गरिएको छ । हामी उहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छौं, विशेषगरी :

व्रान्डन् कोर्ट, एम.डि, पि.एच.डि,
असिस्टन्ट प्रोफेसर अभ साइकियाट्री एन्ड बिहभिअरल साइन्सेज, ग्लोबल हेल्थ, एन्ड कल्चरल एन्थ्रोपोलजी
ड्युक ग्लोबल हेल्थ इन्स्टीट्युट,
डिपार्टमन्ट अभ साइकियाट्री एन्ड बिहभिअरल साइन्सेज
दरह्याम, नर्थ क्यारोलाइना, यु.एस.ए.

मार्क जोर्डन्स, एम.डि,
सिनियर लेक्चरर्
इन्स्टीट्युट अभ साइकियाट्री, साइकोलजी एन्ड न्युरोसाइन्स, किंग्स कलेज लन्डन
डिरेक्टर
रिर्सच एन्ड डिभलपमन्ट, वार चाइल्ड हल्याण्ड

शिशिर सुब्बा, पि.एच.डि,
प्रोफेसर, मनोबिज्ञान केन्द्रिय बिभाग,
त्रिभुवन विश्वविद्यालय, किर्तिपुर, काठमाडौं, नेपाल